• २०८३ असार ३० | Tue, 14 Jul 2026

विश्वकप-२०२६ः रोनाल्डोकाे उत्कृष्ट प्रदर्शनसँगै पोर्चुगलको शानदार जित, उज्बेकिस्तान ५-० ले पराजित

विश्वकप-२०२६ः रोनाल्डोकाे उत्कृष्ट प्रदर्शनसँगै पोर्चुगलको शानदार जित, उज्बेकिस्तान ५-० ले पराजित

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

खेलको शुरूवातदेखि नै आक्रामक पोर्चुगलले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो । कप्तान क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा पोर्चुगलले उजबेकिस्तानमाथि लगातार दबाब सिर्जना गर्दै एकपक्षीय प्रदर्शन गरेको हो ।

दोस्रो हाफमा पनि पोर्चुगलले थप दुई गोल गर्दै ५-० को फराकिलो जित सुनिश्चित गर्यो । उजबेकिस्तान भने खेलभर रक्षात्मक दबाबमा रहँदा प्रभावशाली अवसर सिर्जना गर्न सफल भएन ।

यससँगै पोर्चुगलले समूह चरणमा तीन अंक जोडेको छ । पहिलो खेलमा डीआर कङ्गोसँग बराबरी खेलेको पोर्चुगलका लागि यो जित नकआउट चरणको सम्भावना बलियो बनाउने नतिजा बनेको छ ।

यता लगातार दोस्रो हार बेहोरेको र पहिलो पटक विश्वकप खेलेको उज्बेकिस्तानको अन्तिम ३२ मा पुग्ने सम्भावना भने कमजोर बनेको छ । पोर्चुगलले अब समूह चरणको अन्तिम खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ भने उज्बेकिस्तानले डिआर कङ्गोको सामना गर्नेछ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १०, बुधबार ०५:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP