• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

मण्डनदेउपुरमा विद्यार्थीलाई करेसाबारीसम्बन्धी दुईदिने तालिम

मण्डनदेउपुरमा विद्यार्थीलाई करेसाबारीसम्बन्धी दुईदिने तालिम

मण्डनदेउपुर। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाको कृषि शाखाको आयोजनामा विद्यार्थीहरूका लागि करेसाबारी (किचन गार्डेन) सम्बन्धी दुईदिने तालिम सुरु भएको छ।

तालिममा नगरभित्रका १० वटा विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत १३८ जना विद्यार्थी सहभागी छन्। कृषि प्राविधिक संगीता कुशवाहाका अनुसार तालिममार्फत विद्यार्थीलाई घरमै करेसाबारी स्थापना, मौसमी तरकारी उत्पादन, जैविक खेती तथा सुरक्षित तरकारी उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

तालिमका सहभागीलाई तरकारीका विभिन्न बिउ, जैविक विषादी, बिरुवा उत्पादनका लागि प्लास्टिक ट्रे तथा कोकोपिट समेत वितरण गरिने जानकारी दिइएको छ। कार्यक्रममा प्रशिक्षकद्वय मदन आचार्य र सविना पाठक प्रशिक्षण दिनु भएको थियो।

कार्यक्रमको उद्घाटन मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले गर्नुभएको थियो। नगरपालिकाले विद्यार्थीमा कृषि प्रतिको रुचि बढाई आत्मनिर्भरता र व्यावहारिक सीप विकास गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरेको जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १२, शुक्रबार १५:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP