• २०८३ भाद्र २७ | Sat, 12 Sep 2026

कृषि यान्त्रीकरणमा पनौती नगरपालिकाको पहल, किसानलाई अनुदानमा कृषियन्त्र वितरण

कृषि यान्त्रीकरणमा पनौती नगरपालिकाको पहल, किसानलाई अनुदानमा कृषियन्त्र वितरण

पनौती । काभ्रेको पनौती नगरपालिकाले कृषि यान्त्रीकरणलाई प्रवर्द्धन गर्दै किसानहरूलाई कृषि यन्त्र तथा उपकरण ५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको छ ।

नगरपालिकाले सञ्चालन गरेको ‘कृषि यन्त्र उपकरण प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत मिनी टिलर, कम्बाइन मिल (धान र मकै दुवै पेल्न मिल्ने) तथा स्प्रेयर वितरण कार्य बिहीबारबाट सुरु गरिएको हो ।

नगरपालिकाका अनुसार पूर्व प्रकाशित सूचनामा उल्लेख गरिएको कार्यतालिका अनुसार वडा–वडाका किसानलाई क्रमशः कृषि उपकरण वितरण गरिनेछ ।

वितरण कार्यक्रमको उद्घाटन नगरप्रमुख रामशरण भण्डारीले गर्नुभएकाे थियाे । कार्यक्रममा उपप्रमुख गीता बञ्जारा तथा प्रमुख प्रशासकीय अधिकृत नोखीराम वली लगायतको उपस्थिती रहेको थियो ।

नगरपालिकाले कृषि उत्पादन लागत घटाउन, खेतीपातीलाई आधुनिक र सहज बनाउन तथा किसानलाई कृषि यान्त्रीकरणतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ । किसानहरूलाई आवश्यक कृषि उपकरण उपलब्ध गराएर उत्पादन वृद्धि र कृषि व्यवसायलाई थप प्रभावकारी बनाउने नगरपालिकाको अपेक्षा रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २५, बिहीबार १६:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP