• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

प्रसिद्ध उद्योगपति पवन गोल्यानकाे टिम काभ्रेकाे मण्डनदेउपुरका किसानहरुसँग

प्रसिद्ध उद्योगपति पवन गोल्यानकाे टिम काभ्रेकाे मण्डनदेउपुरका किसानहरुसँग

काभ्रे । प्रसिद्ध उद्योगपति तथा व्यापारीक घराना गोल्यान ग्रुपका संस्थापक पवन गोल्यान “सुरक्षित खाद्यान्न उत्पादन तथा बजारिकरण” को सन्दर्भमा साेमबार काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-१०, जोगिटारमा पुग्नुभएकाे छ ।

उहाँकाे साथमा जनता एग्रो फरेष्टका प्रबन्धक, सञ्चालक तथा प्राविधिकसहितको टोली पनि मण्डनदेउपुर पुगेको थियाे । चण्डेनीमण्डन सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष सुमन नेपालले उहाँहरुकाे टिमलाई सहजीकरण गर्नुभएकाे थियाे ।

पछिल्ला दिनहरुमा मण्डनदेउपुरमा प्राङ्गारिक खेतीमा लाग्ने किसानहरूको संख्या बढीरहेकाे छ । तर यसमा आउने धेरै समस्याहरुबारे किसान अनभिज्ञ भइरहेकाे अवस्थामा प्राविधिक सहयोगसहित उत्पादित उपजहरूको बजार ब्यवस्थापन पनि उचित तरिकाले भइरहेकाे छैन ।

यी समस्याहरु समाधान कसरी गर्ने भन्ने विषयमा पवन गोल्यानकाे टिमले किसानहरुसँग अन्तर्क्रिया पनि गरेकाे थियाे । साथै उहाँहरु किसानहरुका खेतबारीमै पुगेर स्थलगत निरिक्षण पनि गर्नुभएकाे थियाे । किसानहरूसँग अन्तर्क्रिया पश्चात रासायानिक बिषादी तथा रासायानिक मल न्युनिकरण गर्दै सुरक्षित खाद्यान्न उत्पादन मात्र आफूले ब्यवस्थापन गर्ने र अन्य उत्पादनको हकमा भने आफ्नो टिमसँग सल्लाह गरेर मात्र निर्णय लिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका पूर्वअध्यक्ष तथा सहकारी महासंघका सञ्चालक परितोष पौडेल, गोल्यान ग्रुपका बरिष्ठ कृषिबिज्ञ हरि दुवे लगायतको उपस्थिती रहेको स्थानीयवासी प्रकाश नेपालले जानकारी दिनुभयाे ।

तस्बीरः प्रकाश नेपाल



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १९, सोमबार ११:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP