• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

डिजिटल सदस्यता विवरण अद्यावधिक गर्न जिल्ला सहकारी संघ काभ्रेको अनुरोध

डिजिटल सदस्यता विवरण अद्यावधिक गर्न जिल्ला सहकारी संघ काभ्रेको अनुरोध

बनेपा । जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले संघमा आबद्ध सम्पूर्ण सदस्य सहकारी संघ/संस्थाहरूको सदस्यता अभिलेख अद्यावधिक गरी सदस्यताको वर्तमान अवस्था यकिन गर्ने उद्देश्यले डिजिटल सदस्यता अद्यावधिक प्रणाली (MIS) सञ्चालनमा ल्याएको छ ।

यस प्रणालीमार्फत सदस्य सहकारी संघ/संस्थाहरूले आफ्नो संस्थासम्बन्धी आवश्यक विवरण तथा कागजातहरू अनलाइन माध्यमबाट सहजरूपमा अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ । संघले सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र अनिवार्य रूपमा आफ्नो सदस्यता विवरण अद्यावधिक गर्न सम्पूर्ण सदस्य सहकारी संघ/संस्थाहरूलाई अनुरोध गरेको छ ।

सदस्यता विवरण अद्यावधिक गर्न https://mis.discofkavre.org.np/ मा गई लग इन गर्नुपर्नेछ । लग इन गर्दा Username का रूपमा संस्थाको PAN नम्बर तथा Password का रूपमा संघबाट प्रदान गरिएको सदस्यता नम्बर प्रयोग गर्नुपर्नेछ । त्यसपछि माग गरिएका सम्पूर्ण विवरणहरू यथार्थ रूपमा भरी आवश्यक कागजातहरू अपलोड गरी अन्तिममा Submit बटनमा क्लिक गरी विवरण पेश गर्नुपर्नेछ ।

संघका अनुसार डिजिटल प्रणालीमार्फत सदस्यहरूको अद्यावधिक अभिलेख तयार भई सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । प्रणाली प्रयोग गर्ने क्रममा कुनै समस्या आएमा वा थप जानकारी आवश्यक परेमा निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिनेछः ९८५१३२७७२७ – सुजित श्रेष्ठ, ९८६४५९६१७५ – उमेश थापा ।

जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले तोकिएको समयभित्र अनिवार्य रूपमा सदस्यता विवरण अद्यावधिक गरी संघको अभिलेख व्यवस्थापन कार्यमा सहयोग गरिदिन सम्पूर्ण सदस्य सहकारी संघ/संस्थाहरूमा पुनः हार्दिक अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १९, मंगलवार १८:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP