काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीकाे खाेजी भइरहेकाे छ ।
बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।
बुधबार राति पनि सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खाेजी गरे पनि नभेटिएपछि बिहीबार बिहानैदेखि थप सुरक्षा टाेलीसहित सुनकाेशीमा उनीहरूकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । यद्यपी हालसम्म अवस्था अज्ञात नै रहेकाे बताइएकाे छ । तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यसुहरि अधिकारीको कमाण्डमा तथा प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएका थिए ।
प्रहरीले बेपत्ता दम्पतीको खोजी कार्य तीव्ररूपमा जारी राखेको जनाएको छ । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
र याे पनि
मण्डनदेउपुर-७ का पराजुली दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता, खोजी कार्य जारी
प्रतिक्रिया