• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

हराएका कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर सिंह जंगलमा मृत फेला

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु नगरपालिका–३ देवनगडियाका अन्दाजी ६५ वर्षीय सिंह गत साउन २२ गते साँझ ५ः३० बजेदेखि हराएका थिए । उनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित तौलिहवा सडकखण्ड नजिकै रहेको तिलौराकोट सामुदायिक जंगलमा हराएका थिए ।

हराएपछि परिवार तथा स्थानीयको खोजतलासका क्रममा सिंहलाई साउन २४ गते दिउँसो सोही सामुदायिक जंगलमा मृत अवस्थामा फेला पारिएको हो ।

सिंहको मृत्युको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २४, आईतवार १९:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP