• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

ज्योति मिर्मिरे सहकारीद्वारा तिर्तिरे सामुदायिक वनमा वृक्षरोपण

ज्योति मिर्मिरे सहकारीद्वारा तिर्तिरे सामुदायिक वनमा वृक्षरोपण

काभ्रे । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पनौती नगरपालिका–६ स्थित तिर्तिरे सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षणमा सबैको साझा दायित्व रहेको सन्देश दिएका थिए । वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउनसमेत सामूहिक रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सहकारी संस्थाले आर्थिक कारोबारसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि आफ्नो उत्तरदायित्व निर्वाह गर्दै आएको जनाउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा सक्रिय सहभागिता जनाउने सञ्चालक समिति, विभिन्न उपसमिति, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा सम्पूर्ण शेयर सदस्यहरूप्रति संस्थाले धन्यवाद व्यक्त गरेको छ । वृक्षरोपण कार्यक्रमले तिर्तिरे सामुदायिक वनको हरियाली विस्तारसँगै वातावरण संरक्षण र प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २९, शुक्रबार २०:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP