• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

१५ औं महाधिवेशनमा होमियो नेपाली कांग्रेस, आज देशभर वडा अधिवेशन हुँदै

१५ औं महाधिवेशनमा होमियो नेपाली कांग्रेस, आज देशभर वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनमा होमिएको छ । कांग्रेसले शनिबारदेखि वडा अधिवेशन गर्दैछ । शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका छ । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ ।

क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ ।

४ सय ६० गाउँपालिकामा ३ हजार २ सय १५, २ सय ७६ नगरपालिकामा ३ हजार १ सय २०, ११ उपमहानगरपालिकाका २ सय ३४ र ६ महानगरपालिकाका १ सय ७४ गरी देशभर ६ हजार ७ सय ४३ वडा छन् । पार्टीको विधानअनुसार वडा कार्यसमितिमा ८५ हजार ४ सय ३४ जना निर्वाचन हुनेछन् । यसमा ३३ हजार ७ सय १५ पदाधिकारी र ५१ हजार ७ सय १९ सदस्य निर्वाचित हुनेछन् ।

गाउँपालिकाका वडामा पाँच पदाधिकारी र सात सदस्य गरी प्रतिवडा १२ जनाका दरले ३८ हजार ५ सय ८० जना निर्वाचित हुनेछन् । नगरपालिकाका ३ हजार १ सय २० वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी प्रतिवडा १३ जनाका दरले ४० हजार ५ सय ६० जना निर्वाचित हुनेछन् ।

त्यस्तै, २ सय ३४ उपमहानगरपालिका वडामा पाँच पदाधिकारी र १० सदस्य गरी ३ हजार ५ सय १० जना तथा १ सय ७४ महानगरपालिका वडामा पाँच पदाधिकारी र ११ सदस्य गरी २ हजार ७ सय ८४ जना निर्वाचित हुनेछन् ।

वडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याका आधारमा फरक हुन्छ । एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ । कान्तिपुरबाट



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन ३, शनिबार ०६:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP