• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

सामाजिक विषयक एक दिने शिक्षक कार्यशाला गोष्ठी ​बनेपामा सम्पन्न

सामाजिक विषयक एक दिने शिक्षक कार्यशाला गोष्ठी ​बनेपामा सम्पन्न

​बनेपा, काभ्रे । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कार्यसमिति, बनेपाको आयोजनामा सामाजिक विषयक एकदिने शिक्षक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्याब्सन पनौती र अस्मिता पब्लिकेशनको सहकार्यमा बनेपा–१२, बासडोलस्थित मण्डला रिसोर्टमा कार्यक्रम आयोजना गरिएको हो ।

​प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यशालामा सामाजिक विषय शिक्षणलाई अझ प्रभावकारी, सिर्जनशील, व्यावहारिक र गुणस्तरीय बनाउने विषयमा गहन छलफल तथा सहजीकरण गरिएको थियो । ​कार्यक्रमका प्रशिक्षकद्वय युवराज गौतमले सहभागी शिक्षक–शिक्षिकाहरूलाई विषयवस्तुको व्यावहारिक प्रस्तुति, आधुनिक शिक्षण विधि तथा कक्षाकोठा व्यवस्थापनका विविध आयामबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

​कार्यक्रममा विशिष्ट अतिथिहरू प्याब्सन जिल्ला अध्यक्ष श्यामबहादुर भुजेलसहित जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बनेपा र आसपासका विद्यालयका सामाजिक विषय शिक्षक–शिक्षिकाको उत्साहजनक सहभागिता थियो ।

यस्ता ज्ञानमूलक र व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमले शिक्षकहरूको पेशागत दक्षता बढाउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धिलाई माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बनेपा नगर प्याब्सनका अध्यक्ष महेन्द्र बिष्टकाे विश्वास छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन १०, शनिबार २१:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP