• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

दशैंमा १३ अर्बका नयाँ नोट साटिए

दशैंमा १३ अर्बका नयाँ नोट साटिए

काठमाडौं । दशैं नजिकिएसँगै बजारमा नगदको माग बढेको छ । चाडपर्वलक्षित गरि दशैंका लागि सर्वसाधारणले १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सुकिला नोट साटेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म चलनचल्तीमा रहेको मुद्रा सात खर्ब ९४ अर्ब रुपैयाँ थियो । असोज २८ गतेसम्म आइपुग्दा यस्तो मुद्रा बढेर आठ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । यसअनुसार असोज महिनामा मात्रै ६३ अर्ब रुपैयाँ नगद चलनचल्तीमा थपिएको हो ।

दशैं नजिकिँदै जाँदा नगदको माग अझ बढ्ने भएकाले चलनचल्तीमा रहेको मुद्राको परिमाण पनि थप बढ्न सक्ने राष्ट्र बैंकले जनाएकाे छ । सामान्य अवस्थामा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गए पनि दशैंजस्ता ठूला चाडपर्वमा नगदमै कारोबार गर्ने प्रवृत्ति बढी हुन्छ। दक्षिणा, टीका, किनमेल तथा अन्य चाडपर्वसम्बन्धी खर्चका लागि नगदको माग बढ्दा बैंकिङ प्रणालीबाट बजारमा जाने मुद्राको परिमाण पनि बढ्ने गर्छ। बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रहेको आफ्नो खाताबाट रकम झिकेर बजारमा पठाउँछन् ।

यसैबीच, दशैंका लागि सर्वसाधारणले सोमबारसम्म राष्ट्र बैंक र वाणिज्य बैंकबाट १३ अर्ब रुपैयाँ बराबरका साना दरका नयाँ तथा सुकिला नोट साटेका छन् । नोट सटही गर्दा सर्वसाधारणले पुराना नोट वा अन्य नगद बुझाएर नयाँ तथा सुकिला नोट लिने भएकाले यसलाई बजारमा थपिएको नगदका रूपमा गणना गरिँदैन ।

राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै असोज १ गतेदेखि पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साट्ने सुविधा उपलब्ध गराएको थियो। हालसम्म राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय तथा प्रादेशिक कार्यालयहरूबाट करिब तीन अर्ब रुपैयाँ बराबरका नोट सटही भइसकेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २९, बिहीबार ०६:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP