• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

आजदेखि मण्डनदेउपुरको कुन्तावेँसीमा सुपथ मूल्य पसल र हाट बजार सञ्चालनमा

आजदेखि मण्डनदेउपुरको कुन्तावेँसीमा सुपथ मूल्य पसल र हाट बजार सञ्चालनमा

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७, कुन्तावेँसीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तु सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन हुन लागेको हाे ।

साना किसान कृषि सहकारी संस्था लि. मण्डनदेउपुरले असोज ३० गतेदेखि पसल सञ्चालनमा ल्याउन लागेको हो । सहकारीले सोही दिनदेखि किसान हाट बजार पनि सञ्चालनमा ल्याउने जनाएकाे छ ।

दशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरु गर्न लागिएको सुपथ मूल्य पसललाई निकट भविष्यमा वर्षभरि नै सञ्चालन गर्ने सहकारीको लक्ष्य छ । पसलमा दैनिक उपभोगका अत्यावश्यक सामग्री उपलब्ध हुनेछन् । अन्य पसलको तुलनामा विशेष छुटमा सामान उपलब्ध गराउने योजना रहेकाे सहकारीले जनाएकाे छ ।

संस्थाका अध्यक्ष सुमन नेपालका अनुसार सुपथ मूल्य पसल साल्ट ट्रेडिङ कर्पोरेसनको समन्वयमा सञ्चालन गर्न लागिएको हो । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य र खर्चको चाप खेपिरहेका उपभोक्तालाई सहुलियतमा सामान उपलब्ध गराउँदा राहत पुग्ने विश्वास सहकारीले लिएको छ ।

सुपथ मूल्य पसलसँगै सञ्चालन गर्न लागिएको किसान हाट बजारले स्थानीय कृषि उपजको बिक्रीवितरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाट बजारमार्फत किसानले आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउने अवसर पाउने र उपभोक्ताले स्थानीय कृषि उपज सहज रूपमा खरिद गर्न सक्नेछन् । यसबाट किसान र उपभोक्ता दुवै लाभान्वित हुने सहकारीको विश्वास छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन ३०, शुक्रबार ०७:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP