• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

विश्व सोतोकान कराते च्याम्पियनसिपमा पाँचपोखरीका चित्रलाई कांस्य पदक

विश्व सोतोकान कराते च्याम्पियनसिपमा पाँचपोखरीका चित्रलाई कांस्य पदक

इटाली । इटालीको लिग्नानोमा अक्टोबर १४ देखि १८ तारिखसम्म आयोजित ३३औँ एसकेडियुएन (SKDUN) विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालका चित्रप्रसाद श्रेष्ठले कांस्य पदक जितेका छन् ।

सिन्धुपाल्चाेककाे पाँचपोखरी थाङपाल गाउँपालिकाका श्रेष्ठले प्रतियोगिताको भेट्रान्सतर्फ पुरुष ८० केजी तौल समूहको कुमुते विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्न सफल भएका हुन् ।

विश्वका ४० देशका खेलाडी सहभागी प्रतियोगितामा श्रेष्ठको सफलताले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको उपस्थिति थप बलियो बनाएको छ ।

प्रतियोगितामा आफ्नो खेलकौशल प्रदर्शन गर्दै कांस्य पदक जित्न पाएकोमा श्रेष्ठले खुसी व्यक्त गरेका छन् । उनको यस उपलब्धिले नेपाली कराते खेलको प्रतिष्ठा बढाउन योगदान पुर्‍याएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन ३०, शुक्रबार २०:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP