• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किँदा आगलागी, एक जना घाइते

झापामा जमिनमुनिको डिजेल ट्याङ्की पड्किँदा आगलागी, एक जना घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखिएको डिजेल ट्याङ्की अचानक पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन् । आगलागीबाट ट्याङ्कीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर डिजेल जलेर नष्ट भएको छ ।

कात्तिक ८ गते साँझ करिब ७:३० बजे कम्पनी परिसरमा रहेको भूमिगत ट्याङ्कीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिपरमा डिजेल लोड गर्ने क्रममा ट्याङ्की अचानक पड्किएपछि आगलागी भएको हो ।

आगलागीमा परी टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन् । आगोको रापले घाइते भएका राईको अवस्था सामान्य रहेको र उनी घटनास्थलमै रहेको जनाइएको छ । घटनामा टिपरमा सामान्य क्षति पुगेको छ भने ट्याङ्कीमा भण्डारण गरिएको डिजेल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक महेन्द्र पराजुलीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीसमेत आगो नियन्त्रणमा लिन तथा अन्य क्षेत्रमा फैलिन नदिन प्रयासरत छन् । याे समाचार तयार पार्दासम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक १०, सोमबार ०६:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP