• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

जुवातास खेलिरहेको अवस्थामा कैलालीबाट ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा कैलालीबाट ११ जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-१३ झलारी गाँउस्थित बारीमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामचरण चौधरी लगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चार थान भरूवा बन्दुकसहित तीन जना पक्राउ
स्याङ्जा, विरूवा गाउँपालिका-३ सिउडीबाट भरूवा बन्दुक ४ थानसहित तीन जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७८ वर्षीय तिल बहादुर पुलामी, ६८ वर्षीय मीनबहादुर पुलामी र ६८ वर्षीया खिमसरा पुलामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले तिल बहादुरको घर तलासी गर्दा २ थान, मिनबहादुर पुलामीको घरबाट १ थान र खिमसरा पुलामीको घरबाट १ थान बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
धादिङ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-१० बस्ने ३१ वर्षीय होमबहादुर परियार र सोही नगरपालिका-११ बस्ने २८ वर्षीय राजन लम्साल रहेका छन् ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ५, सोमबार १५:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP