• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने सम्भावना

आजकाे माैसमः देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने सम्भावना

काठमाडौं । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । जल तथा मौसम विज्ञान विभागले केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जनाएको छ । विभागले बिहीबार तराई भागमा तातो दिन तथा तातो लहर र हिमाली क्षेत्रमा वर्षाको पूर्वानुमान गरेको छ ।

विभागका अनुसार, दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेसलगायत कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ ।

राति, कोशी ‍प्रदेशका हिमाली र पहाडी भागलगायत वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १०, बिहीबार ००:३४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP