• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

आजकाे माैसमः अधिकांश प्रदेशमा वर्षाको सम्भावना

आजकाे माैसमः अधिकांश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।

जसले गर्दा लुम्बिनी प्रदेशको तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भागका केही स्थान र पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।

साथै तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भागका केही तथा तराईका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भाग, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १६, शनिबार ०७:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP