काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट भएकाे छ । बुधबार प्रतितोला २ हजार ७०० रूपैंयाँले मूल्य घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार १०० रूपैंयाँ कायम भएको छ ।
याे हप्ता आइतबार ३ हजार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार १ हजार ६०० रूपैंयाँकाे बृद्धि भयाे । मंगलबार मूल्य स्थिर थियाे ।
गत हप्ता आइतबार प्रतितोला ४ हजार ८०० रूपैंयाँले बढेकाे थियाे । सोमबार २०० ले मूल्य घटेको थियो भने मंगलबार ६ हजार ४०० रूपैंयाँले मूल्य बढ्याे ।
यस्तै बुधबार १ हजार २०० रूपैंयाँले मूल्य घटेको थियाे । बिहीबार ५०० रूपैंयाँले मूल्य घट्याे भने शुक्रबार ४ हजार ६०० रूपैंयाँले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेकाे छ । १६० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ५९५ रुपैंयाँ कायम भएको छ ।
गत वर्ष माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया