• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

उपत्यकामा दसैँमा ४५ हजार खसीबोका माग, खाद्यले यो वर्ष नल्याउने

उपत्यकामा दसैँमा ४५ हजार खसीबोका माग, खाद्यले यो वर्ष नल्याउने

काठमाडौँ । काठमाडौँ उपत्यकामा दसैँमा वर्षेनी ४५ देखि ४८ हजार खसीबोका खपत हुने गर्दछ । यस वर्ष रसुवाको भोटेकोशी बाढी एवम् पछिल्लो समय आएको अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रका सडकमा अवरोध छ । जसकारण, यो वर्ष विगतभन्दा कम सङ्ख्यामा खसीबोका भित्रिन सक्ने व्यवसायीले बताएका छन् ।

चौपाया खरिदबिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीले बाटोको समस्याका कारण दसैँमा खसीबोका तथा भेडा च्याङ्ग्रा भित्रिन समस्या हुने बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ८५० देखि ९०० रुपियाँसम्म पुगेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रले यो वर्ष दसैँमा खसीबाख्रा नल्याउने निर्णय भएको बताउनुभयो । नाफाभन्दा घाटा हुने भएपछि खसीबोका ल्याउने कार्यक्रम नै नराखिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “नाफा हुनेभन्दा पनि घाटा हुने कार्यक्रम भयो । बाटोहरु पनि जटिल छ । बाटोमा ल्याउँदा ल्याउँदै पशु चौपाया मर्‍यो भने झन् अप्ठ्यारो हुने अवस्था छ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जितेन्द्र बस्नेतले लिमिटेडलाई नाफा नहुने भएकोले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो कार्यक्रम नै नराखेको बताउनुभयो । अब निजी क्षेत्रसँग समन्वय गरेर उपभोक्ताको माग आपूर्ति हुने उहाँको भनाइ छ ।

नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले खसीबोकाको उचित मूल्य किसानले पाउन नसकेको बताउनुभयो । जसकारण, व्यावसायिक किसान पलायन हुँदै गएको उहाँको भनाइ छ । छिमेकी मुलुक भारत लगायतका देशबाट भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण एवम् गुणस्तरमा ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयो ।गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन १४, बुधबार ०६:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP