काठमाडाैं । २०८२ साल भाद्र १४ गते शनिबार । तदनुसार ३० अगस्ट २०२५ सप्तमी तिथी ३५ घडी ३७ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । बिशाषा नक्षत्र १९ घडी १५ पला उप्रान्त अनुराधा नक्षत्र प्रारम्भ हुनेछ । ऐन्द्र योग गर करण आज बिहान सूर्योदय ५:४२ मा भयो भने सूर्यास्त साँझ ६:२५ मा हुनेछ। आज शनिबार चन्द्रमा तुला राशिमा ।
मेष राशि
आज बोलीमा मिठास आउनाले सामाजिक प्रतिष्ठा बढ्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। साथीभाइको साथ–सहयोगले आत्मविश्वास बढ्नेछ।
वृष राशि
स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। आर्थिक कारोबारमा सजग रहनुहोला। विश्वास गरेका व्यक्तिबाट सानो निराशा पाइने सम्भावना छ।
मिथुन राशि
अध्ययन–अध्यापनमा राम्रो सफलता प्राप्त हुनेछ। आकस्मिक लाभ हुने दिन छ। धार्मिक वा सांस्कृतिक यात्राको अवसर मिल्नेछ।
कर्कट राशि
काममा ढिलासुस्ती भए पनि अन्ततः लाभ प्राप्त हुनेछ। भोजभतेरमा सहभागी हुने अवसर आउन सक्छ। स्वास्थ्यमा सुधार देखिनेछ।
सिंह राशि
व्यापार वा जागिरमा अवरोध आउन सक्छ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। शत्रु पक्ष सक्रिय देखिए पनि धैर्य अपनाएमा हानी नहुनेछ।
कन्या राशि
पारिवारिक झैझगडा बढ्न सक्छ। मान–सम्मानमा कमी आउने सम्भावना छ। जग्गा जमिन वा कानुनी काममा विवाद बढ्न सक्छ, सचेत रहनुहोस्।
तुला राशि
न्यायिक वा कानुनी क्षेत्रमा लाभ पाइनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। अध्ययन वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता पाइने योग छ।
वृश्चिक राशि
काममा अवरोध आउनेछ। झुटा आरोप वा बदनामीको सामना गर्नुपर्ने समय छ। अध्ययन वा लेखनमा ध्यान दिन नसकिने सम्भावना छ।
धनु राशि
आर्थिक लाभ हुने योग छ। बोलीमा मधुरता आउनाले सबैको मन जित्न सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुने र रमाइलो समय बित्नेछ।
मकर राशि
स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा आत्मीयता बढ्नेछ। नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ। जागिर वा व्यवसायमा प्रगति हुने सम्भावना छ।
कुम्भ राशि
सामान्य विषयमा पनि विवाद बढ्न सक्छ । आफ्ना कुरा अरूले गलत बुझ्ने सम्भावना छ। आर्थिक क्षेत्रमा केही लाभ भए पनि झुटा आरोपको सामना गर्नुपर्ने दिन छ।
मीन राशि
कुरा काट्नेहरू सक्रिय हुनेछन्। मुद्दा–मामिलामा फस्ने सम्भावना छ। शत्रु पक्षबाट सचेत रहनुहोस्। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले ध्यान दिनुहोस्।
प्रतिक्रिया