काभ्रे। अक्षरमार्गले नेपाली साहित्य, संस्कृति र इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ।
अक्षरमार्गको तेह्रौँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने सर्जकहरुलाई सम्मान गरिएको हो ।
काठमाडौंमा आयोजित सम्मान समर्पण कार्यक्रममा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट साहित्यकार श्रीहरि फुयाँल , श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट काजी रोशन सम्मानित भएका छन् ।
त्यस्तै नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान: अन्जना वस्ती भट्टराई, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान : शशी पन्थी, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान: तिलकप्रकाश कायस्थ , ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान : प्रा डा तुलसी र भरतराज अक्षरमार्ग काभ्रेली स्रष्टा सम्मानबाट प्रा डा सुमनराज ताम्राकार सम्मानित हुनु भएकाे हाे ।
उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सम्मान अर्पण गर्नुभएको थियो । त्यस्तै प्रल्हाद केसी, राजेश श्रेष्ठ, ध्रुबकृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका, मायाको चिनो तथा नगद प्रदान भएको थियो। अक्षरमार्गले हरेक वर्ष वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।
कार्यक्रममा विशिष्ट अतिथिका तर्फबाट प्राडा गोविन्दराज भट्टराई, प्रा डा लक्ष्मण गौतम, साहित्यकार सूर्य लाकोजू , प्राडा कुमार कोइराला, वियोगी बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया