• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाड र तराई मधेश प्रदेश, गण्डकी प्रदेशको र लुम्बिनी प्रदेशका तराई भु-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार ००:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP