काठमाडौँ । चालक अनुमतिपत्र र गाडी दर्तासम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।
यातायात व्यवस्था विभागलेले आज सूचना निकालेर गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवन काठमाडाैंको डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको जनाएको छ।
सर्भर मर्मतको काम भइरहेकाले अर्को सूचना नआउन्जेलसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको हाे ।

प्रतिक्रिया