• २०८३ जेष्ठ १५ | Fri, 29 May 2026

शब्दयात्रा प्रकाशनको सभाकक्षमा चार पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनको सभाकक्षमा चार पुस्तक सार्वजनिक

बनेपा । शब्दयात्रा प्रकाशनको सभाकक्षमा शनिबार आयोजित समारोहमा चार वटा पुस्तकलाई सार्वजनिक गरिएकाे छ।

डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित ‘नेपालमा राजसंस्था किन ?’, कृष्ण कार्कीद्वारा लिखित कवितासङ्ग्रह ‘बसिबियाँलोका क्षणहरू’, डा. इन्दुल केसीद्वारा लिखित समीक्षासङ्ग्रह ‘गगनमण्डलका ताराहरू’ र चन्द्रबहादुर खड्काद्वारा लिखित यात्रा संस्मरण ‘कैलाश मानसरोवर यात्रा’ रहेका छन् ।

‘नेपालमा राजसंस्था किन ?’ लाई कृतिकार डा. गोपाल पौड्याल ‘मण्डने’ र गीतिभास्कर मच्छेश्वर सापकोटाले तथा ‘बसिबियाँलोका क्षणहरू’ लाई कृतिकार कृष्ण कार्की र अन्वेषक लालबहादुर भुजेलले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको थियो ।

यसैगरी ‘गगनमण्डलका ताराहरू’ लाई कृतिकार डा. इन्दुल केसी र गायिका सरस्वती सापकोटाले तथा ‘कैलाश मानसरोवर यात्रा’ लाई कृतिकार चन्द्रबहादुर खड्का र काव्यकार दीनानाथ पोखरेलले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको थियो ।

सार्वजनिक गरिएका चारै वटा पुस्तकको परिचय सञ्चारकर्मी शिव बन्जाराले गराउनुभएको थियो ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ११, शनिबार १५:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP