• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

तेस्रो मेलम्ची नगरस्तरीय पुरुष भलिबलको उपाधि योङ स्टार युवा क्लबलाई

तेस्रो मेलम्ची नगरस्तरीय पुरुष भलिबलको उपाधि योङ स्टार युवा क्लबलाई

सिन्धुपाल्चाेक। सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिकास्थित भोटेचौरमा सम्पन्न तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची-७ को योङ स्टार युवा क्लबले हात पारेको छ।

आज भएको फाइनल खेलमा मेलम्ची-७ कै सृजनशील युवा क्लबलाई पराजित गर्दै योङ स्टारले उपाधि हात पारेको हाे । उपाधिसँगै उसले १ लाख रुपैयाँ नगदसमेत प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको सृजनशील क्लबले ५० हजार रुपैयाँ पाएको छ।

त्यस्तै मेलम्ची-२ लाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको मेलम्ची-१२ ले २५ हजार नगद प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष परशुराम चौलागाईंले जानकारी दिनुभयो। वडा नम्बर १ को सहयोग र भोटेचौर स्पोट्स क्लबको आयोजनामा कात्तिक २ गतेबाट शुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा टोली सहभागी भएका थिए ।

बिजेतालाई मेलम्ची-१ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईं लगायतले पुरस्कार वितरण गर्नुभएको स्थानीय शिक्षक दीप खतिवडाले जानकारी दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ४, मंगलवार ११:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP