धुलिखेल । अमेरिकामा सन् १९२५ मा देखिएको मकैको ध्वाँसे थेग्ले रोग (Gray Leaf Spot) काभ्रेपलाञ्चाेक जिल्लाको ढुंखर्कमा वि.सं २०६३/६४ तिर देखा पर्यो। यसले मकै बालीमा निकै क्षति पुर्याएको थियो ।
पछि वैज्ञानिकहरुले रोग अवरोधक जातहरु सिफारिस गरे पश्चात यो रोगमा कमि आयो। यो कृषिजन्य विपद्लाई उतिबेला नै जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेमार्फत अभिलेखिकरण भएको थियो।
यस्ता संस्थागत स्मृतिले हाम्रो वैज्ञानिक अध्ययनलाई अझ परिपक्क बनाउने स्थानीयस्तरमा विपद् तयारी योजना बनाउँदा निकै उपयोगी अभिलेखका रुपमा रहने जिल्ला कृषि विकास कार्यालय काभ्रे जनाउँछ। २०८२ सालमा पनि प्रकोपसँग जुध्न जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना प्रकाशित भएको कार्यालयले जनाएकाे छ।
यससम्बन्धी विवरण यहाँकाे लिङ्क मा क्लिक गरेर हेर्न सकिन्छ।
कृषि विकास कार्यालयले कृषि तथा जिविकोपार्जन विषयगत क्षेत्रको अगुवा भएको हिसाबमा २०८२ साल वैशाख १० गते खाद्य तथा कृषि संगठन (FAO Nepal) को सहयोगमा जिल्लाका समग्र सरोकारवालाहरुसँगको अन्तर्क्रियामार्फत कृषि पशुपन्छि तथा खाद्य सुरक्षा क्लष्टरको पूर्वतयारी योजना निर्माण गरेको थियो।

प्रतिक्रिया