• २०८३ असार ३२ | Thu, 16 Jul 2026

‘विश्व शौचालय दिवस’: ‘आज विश्वका ३५ करोड ४० लाख मानिसले खुला स्थानमा शाैच गरे’

‘विश्व शौचालय दिवस’: ‘आज विश्वका ३५ करोड ४० लाख मानिसले खुला स्थानमा शाैच गरे’

काठमाडौँ । दीगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस मनाइँदैछ।

सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता र खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका लागि सन् २०१३ देखि आधिकारिकरूपमा मनाउन शुरु भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दीगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो ।

सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्र सङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्तरूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ।

तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका राष्ट्रसङ्घकाे तथ्यांक छ । दीगो विकासको छैटौँ लक्ष्य हासिल गर्न र महिला र बालिकालाई जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य भएको राष्ट्रसङ्घले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ३, बुधबार ०२:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP