भक्तपुर । मध्यपुर थिमी नगरपालिका-६ चपाचोबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।
काठमाडौँ साँखु इन्द्रेणी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ४२ वर्षिय सुमनसिंह तामाङसमेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया