• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

अशोक सिलवालकाे ‘एभरेस्ट’काे काठमाडौं डिस्कोर्स

अशोक सिलवालकाे ‘एभरेस्ट’काे काठमाडौं डिस्कोर्स

काठमाडौं। अशोक सिलवालको ‘एभरेस्ट’माथि काठमाडौंमा डिस्कोर्स सम्पन्न भएको छ । शब्द, हिमाल र जीवनलाई जोडेर लेखनकुन्जद्वारा आयाेजना भएकाे डिस्कोर्स नयाँ स्वाद र शैलीको भएको सहभागीहरुले बताए ।

थापागाउँस्थित कुन्ज थिएटरमा विश्लेषक डम्बर खतिवडाले डिस्कोर्स् ओपनिङ गरेका थिए । लेखकको राइटिङ जर्नी उधिन्दै विश्लेषक खतिवडाले अशोक सिलवाललाई ‘एभरेस्ट’का लेखकको रुपमा उभ्याएलगत्तै डिस्कोर्स् ‘एभरेस्ट’माथि केन्द्रीत भएको थियो । लगत्तै लेखक सिलवालका ७ बर्षिय छोरा त्रिशानले ‘लेकका हामी केटाकेटी’ गाएका थिए । दर्शकदीर्घाबाट आएको तालीको लगातार ध्वनिले थिएटर नै एभरेस्टतिरै पुगेको अनुभुति हुन्थ्यो ।

डिस्कोर्समा लेखक सिलवालकी टिनएजर्स् छोरी अदितीले राइटिङ अब्जर्भरको रुपमा आफ्ना अनुभुति सुनाउँदा थिएटर भावुक भएको थियो । मालिशा शर्मालगायतले किताबमाथि विदेशी पाठकका रिभ्यु् रिसाइट गरेका थिए । जेनजी सभ्यता नेपालले पाठक प्रतिकृया पस्केकी थिइन् । संस्कृतिविद् डा. निर्मला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्दिरा न्यौपाने, शकुन्तला देवकोटा, मनोज केसी, कमल ढकाल र शेखर खरेलले किताबका अनेक आयाममाथि रोचक विमर्श गरेका थिए ।

यसअघि ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला ३ हिमशिखर धौलागिरी, अन्नपूर्ण र मनास्लुलाई पृष्ठभुमि पारेर माछापुच्छ्रे काखस्थित इन्टरनेशनल माउन्टेन म्युजियममा विमोचन भएको थियो । ‘एभरेस्ट’ त्यसअघि लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जीङमा सार्वजनिक भएको थियो । ‘किताब संसारशीर सगरमाथा आधारित भए पनि यो भुईंतिरको यात्रा हो’, लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालले भने, … अनि भावना र भुगोलको ।’

‘एभरेस्ट’ सिलवालको पाँचौं किताब हो । डुकमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् ।

डिस्कोर्स् कार्यक्रममा लेखक सिलवालले महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बराल, सचिव सुष्मा तामाङ, सदस्यहरु लक्ष्मी कार्की, गीता शर्मा लगायत नवनिर्वाचित कार्यसमितीकालाई सम्मान पनि गरेका थिए । साथै कार्यक्रममा ‘एभरेस्ट’का बुक डिजानर नगेन्द्र लामा पनि सम्मानित भएका थिए ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २०, आईतवार १४:२३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP