• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय छैटाैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय छैटाैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

सिन्धुपाल्चाेक । पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय छैटाैँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट शुरू भएको छ ।

श्री थाङपाल्धाप माविको प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष टासी लामाले गर्नुभएको थियो ।

प्रतियोगितामा पालिकाका १० माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष लामाले खेलकुदले नाम, सामाजिक प्रतिष्ठा र स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो ।

सामाजिक विकाश शाखा संयोजक काले गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पालिका प्रवक्ता एवम् वडा नं ६ का अध्यक्ष नारायण भट्टराई , वडा अध्यक्षहरु सुके तामाङ, बाबुलाल स्याङबो, बिष्णुबहादुर खडका लगायतको उपस्तिथी रहेको थियो । आज पहिलो दिन विभिन्न खेल सम्पन्न भएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २५, शुक्रबार १४:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP