• २०८३ असार ३१ | Wed, 15 Jul 2026

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति

राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेको पनि असहमति

सत्तारुढ दल नेकपा एमालेले निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति आफ्नो दलको असहमति रहेको जनाएको छ ।

‘स्वमूल्यांकन’ राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको बताउँदै निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको असहमति रहेको जनाएका हुन् ।

निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो ।

निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर यसउपर सुझाव मागेको थियो ।

त्यसअगाडि नै राजनीतिक दलहरूलाई कार्यविधि पठाएर सुझाव दिन भनेको थियो ।

तर, उक्त कार्यविधिमाथि हिजो मात्रै संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेसबाहेकका दलहरूले विरोध जनाएका थिए । उनीहरूले कार्यविधिको प्रतिवाद गर्ने जनाएका छन् ।

यसैबीच एमालेले पनि आफ्नो धारणा सार्वजनिक गरेको हो ।

‘नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनैतिक दलसम्बन्धी व्यवस्था छ । राजनैतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनैतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ निर्वाचन विभाग प्रमुख आचार्यले भनेका छन्, ‘सैद्धान्तिक रुपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति नेकपा (एमाले) को असहमति रहेको छ ।’



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार ०८:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP