काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी भदौ १७ गतेका लागि तोकिएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै एक सातापछि पेसी तोकेको हो ।
इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ ।
यसका साथै नाउपाको वैधानिकता र पदाधिकारी विवादमा पनि निर्वाचन आयोगबाट आवश्यक विवरणहरू मगाउने आदेश भएको छ ।
प्रतिक्रिया