• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

जेनजी समूह र नेपाली सेनाबीच आज औपचारिक वार्ता हुने

जेनजी समूह र नेपाली सेनाबीच आज औपचारिक वार्ता हुने

काठमाडौं । जेनजी समूह र नेपाली सेनाबीच आज औपचारिक वार्ता हुने भएको छ। जेनजी समूह भन्दै थुप्रै समूह जंगी अड्डा पुगेपछि बुधबार हुने भनिएको बार्ताले औपचारिकता लिन सकेन ।

नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर साथै आफ्नो समूहको नेता छानेर वार्तामा आउन विभिन्न जेनजी समूहलाई आग्रह गरेको छ। जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिसकेको छ। साथै काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि सुशीला कार्कीलाई आफ्नो समर्थन रहेको स्पष्ट गरेका छन्।

बुधबार दुर्गा प्रसाईं, धरानका मेयर हर्क साम्पाङ लगायत पनि आफ्नो पक्ष राख्न जंगी अड्डा पुगेका थिए । प्रधानसेनापतिलाई भेटेपछि प्रसाईंले बालेन र सुशीला कार्की जो भएपनि आफूलाई स्वीकार्य हुने बताए भने हर्क साम्पाङले आफू नेतृत्व लिन इच्छुक रहेको दाबी पेश गरेका थिए।

यता गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २६, बिहीबार ०३:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP