• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

दसैं विशेषः नेपालबाहेक विश्वका कुन कुन देशमा मनाइन्छ दसैं ?

दसैं विशेषः नेपालबाहेक विश्वका कुन कुन देशमा मनाइन्छ दसैं ?

काठमाडौँ । हिन्दूहरूको महान् पर्व दसैं नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि मनाइन्छ। ती देशहरुमा हिन्दूहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्तिपीठमा पूजा गर्छन् ।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरकफरक ढंगले दसैं मनाइन्छ। भारतमा विशेषगरि नवदुर्गाको पूजा गरिन्छ। सिक्किम, दार्जलिङलगायतका नेपाली भाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका लगाइन्छ। पश्चिम बंगालमा नवदुर्गा पूजा आराधना गरेर मनाइन्छ भने बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ। सप्तमी, अष्टमी र नवमीमा दुर्गाको विशेष पूजा हुन्छ।

आन्ध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैं मनाइन्छ। यस अवधिमा लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। यहाँ पहिलाे तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आराधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पूजा गरिन्छ।

गुजरातमा दसैंको अवसरमा गरबा नृत्य गरिन्छ। त्यस्तै, महाराष्ट्रमा देवीको पूजा आराधना गरेर मनाइन्छ। कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन्। परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन्। भक्तजनहरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन्। नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ।

करिब १ लाख नेपालीभाषी रहेको वर्मामा पनि दसैं मनाइन्छ। नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला, पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ।

उता बंगलादेशमा पनि दसैं मनाइन्छ। १६ करोड जनसंख्या भएको बंगलादेशमा १४ प्रतिशत हिन्दू धर्मालम्बी छन्। हिन्दु धर्मालम्बीले नवदुर्गाको पूजा आराधना गर्छन्। बंगलादेशमा बस्ने नेपालीबाहेक अन्यले भने टीका लगाउँदैनन्।

त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दूहरूले दसैं मनाउँछन्। त्यसैगरी मलेसिया, थाइल्यान्ड इन्डोनेसियाका हिन्दूहरुले दसैं मनाउने गरेका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार ०९:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP