• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

नेपालका स्वास्थ्य विज्ञहरूको टोली न्यूयोर्कमा सम्पन्न कन्कर्डिया सम्मेलनमा सहभागी

नेपालका स्वास्थ्य विज्ञहरूको टोली न्यूयोर्कमा सम्पन्न कन्कर्डिया सम्मेलनमा सहभागी

न्यूयोर्क । नेपालका ख्यातिप्राप्त स्वास्थ्य विज्ञहरूको एक प्रतिनिधि मण्डलले गत सेप्टेम्बर २१ देखि २४ सम्म अमेरिकाको न्यूयोर्कमा सम्पन्न कन्कर्डिया सम्मेलनमा सहभागिता जनाएको छ। यस सम्मेलनले स्वास्थ्य, विकास, वित्तीय तथा अन्य क्षेत्रका अन्तर्राष्ट्रिय साझेदार, दाता निकाय र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको थियो।

नेपाली टोलीको नेतृत्व डा. राम केएम श्रेष्ठले गरेका थिए भने टोलीमा डा.राजीव श्रेष्ठ, डा. अर्चना श्रेष्ठ र डा. बिराज कर्माचार्यसमेत सम्मिलित थिए। सम्मेलनमा टोलीले विशेषगरी अर्नोल्ड इन्स्टिच्युट अफ ग्लोबल हेल्थ र एएमपीएचमार्फत माउन्ट सिनाई हेल्थ सिस्टम्ससँगको निरन्तर र विकसित साझेदारीलाई प्राथमिकता दिएको जनाएको छ।

नेपाली प्रतिनिधिमण्डलको सक्रियताले अन्तर्राष्ट्रिय स्वास्थ्य सहयोग र अनुसन्धानमा नेपाललाई थप अग्रसर बनाउने अपेक्षा गरिएको छ। सम्मेलनमा सहभागी विभिन्न अन्तर्राष्ट्रिय सरोकारवालासँगको छलफलले स्वास्थ्य क्षेत्रमा दीगो साझेदारी र ज्ञान आदानप्रदानलाई बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

यस सहभागितालाई नेपालका स्वास्थ्य क्षेत्रका विज्ञहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सक्रिय उपस्थिती र सहकार्यलाई बलियाे बनाउने महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १२, आईतवार ११:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP