काठमाडौँ । अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको चौथो खेलमा आज नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनको पराजय भोगेको थियाे।
पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेकाले मलेसिया २–१ ले अगाडि छ। सिरिज बराबरी गर्न नेपालले आजको खेल जित्नै पर्ने दबाब छ। मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ।
मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछ। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ।
प्रतिक्रिया