• २०८३ असार ३२ | Thu, 16 Jul 2026

रेकर्डका आधारमा सेवा दिन यातायात व्यवस्था विभागद्वारा मातहतका कार्यालयलाई आग्रह

रेकर्डका आधारमा सेवा दिन यातायात व्यवस्था विभागद्वारा मातहतका कार्यालयलाई आग्रह

काठमाडाैँ । अवरुद्ध भएको विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली (EDLVRS) पुनः सञ्चालनमा नआएसम्मका लागि सेवा प्रवाहलाई मौजुदा रेकर्ड र कागजातका आधारमा सञ्चालन गर्न सम्बन्धित कार्यालयहरूलाई यातायात व्यवस्था विभागले आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे‍।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा कार्यालयमा तोडफोड र आगजनी हुँदा विभागको भौतिक संरचना तथा EDLVRS प्रणाली पूर्णरूपमा ध्वस्त भएको थियो । हाल विभागले प्रणाली पुनर्स्थापनाको कार्य तीव्रगतिमा अघि बढाइरहेको जनाएकाे छ।

सेवाग्राहीहरूलाई सहज बनाउन अस्थायी वैकल्पिक उपायका रूपमा कार्यालयहरूमा रहेका अभिलेख र सम्बन्धित व्यक्तिको कागजातको आधारमा सेवा दिन सकिने व्यवस्था गर्न प्रदेश मातहतका यातायात कार्यालयहरूलाई आग्रह गरेको हो। अहिले ‘विभागको EDLVRS System अवरुद्ध हुँदा सोको असर सबै प्रदेश सरकार मातहतका कार्यालयमा पनि परिरहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २३, बिहीबार १४:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP