• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

तिहार मनाउनका लागि ६ लाख नागरिकले काठमाडौं छोड्ने अनुमान

तिहार मनाउनका लागि ६ लाख नागरिकले काठमाडौं छोड्ने अनुमान

काठमाडौँ । शनिबारदेखि शुरु भएको यस वर्षकाे तिहार मनाउनका लागि करिब छ लाख नागरिकले काठमाडौं उपत्यका छाेड्ने अनुमान गरिएको छ।

यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघले अनुमान गरेको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहजरूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । ‘यसपटक दशैंका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नुपर्यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन्। अब सास्ती बेहोर्नुपर्ने छैन,’ उनले भने।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २, आईतवार ०९:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP