काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेकाे छ । यससँगै नेप्से दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ।
आज ३२३ कम्पनीका ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री भए । तर कारोबार रकम भने दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ।
आज विकास बैंक समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बीमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोड १० लाख ९४ हजार ३६५ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको तीन लाख ४४ हजार ६९८ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएकाे छ।
प्रतिक्रिया