• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मण्डनदेउपुर राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मण्डनभ्यालीलाई, दाेस्राे भयाे लिटिल स्टार

मण्डनदेउपुर राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मण्डनभ्यालीलाई, दाेस्राे भयाे लिटिल स्टार

मण्डनदेउपुर । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा शुक्रबारदेखि शुरु भएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएकाे छ । जसमा मण्डनभ्याली एकेडेमीले प्रथम स्थान हासिल गरेकाे छ ।

६ स्वर्ण, ५ रजत र १ कास्य पदकसहित मण्डनभ्यालीले प्रथम स्थान हासिल गरेकाे हाे। यस्तै दाेस्राे स्थान हासिल गर्न सफल न्यू लिटिल स्टार इङ्गलिस स्कूलले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक पाएकाे छ । डेडीथुम्का माविले ३ स्वर्ण, २ रजत र ४ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गरेकाे छ ।

उमाशह शिक्षालय माविले ३ स्वर्ण र १ रजत पदक पाउँदै चाैथाे भएकाे छ । महाकाली माविले २ स्वर्ण, ५ रजत र ४ कास्य पदक प्राप्त गर्दै पाँचाैं भयाे । यसैगरि वीज्डम एकेडेमीले २ स्वर्ण, २ रजत र ३ कास्य पदक, द्वारपालेश्वर माविले २ स्वर्ण, २ रजत पदक तथा विन्धवासिनी माविले २ स्वर्ण, १ रजत र १ कास्य पदक पाएकाे छ ।

प्रथम हुने विद्यालयले नगद २५ हजार, दाेस्राे हुनेले १५ हजार र तेस्राे हुनेले १० हजार तथा ट्रफी र प्रमाणपत्र पाएका छन् । विजयी टिमलाई नगरप्रमुख टाेकबहादुर वाइवा, उपप्रमुख विष्णुमणि नेपाल र प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयाे ।

प्रतियोगितामा नगरपालिकाका १३ सामुदायिक र ४ संस्थागत गरि १७ विद्यालयको सहभागिता रहेको थियाे । एथ्लेटिक्स, भलिबल, कबड्डीलगायत खेलका विभिन्न ३० विधामा २२२ पदकका लागि खेल भएकाे हाे । खेलमा ४३० छात्रा र ४२९ छात्रहरुले सहभागिता जनाएका थिए । जम्मा ७४ स्वर्ण, ७४ रजत र ७४ कास्य पदकका लागि खेल भएकाे थियाे ।

मण्डनदेउपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको कात्तिक २८ गते शुक्रबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले उद्घाटन गर्नुभएकाे थियाे । नगरपालिकाकाे वडानम्बर ८ र ११ काे डाँडागाउँमा खेल सम्पन्न भएकाे हाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ३०, आईतवार १४:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP