• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज प्रतिताेला सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

आज प्रतिताेला सात सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सात सय रुपैंयाँले बढेकाे हाे। यससँगै आज प्रतिताेला २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ।

आइतबार प्रतिताेला ६ हजार नौ सयले घटेको सुन साेमबार ५०० ले बढेकाे थियाे । मंगलबार तीन हजार आठ सयले घटेकाे थियाे । बुधबार दुई हजार आठ सयले बढ्याे ।

यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार १८५ रुपैंयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

दशैं बिदापछि सुनकाे भाउ कहिले कति ?
नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । असाेज २० गते २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन २१ गते २ हजार ३०० ले बढ्याे । २२ गते २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर असाेज २४ गते भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन असाेज २५ गते पुनः तीन हजारले बढेकाे थियाे ।

यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । असाेज २१ गते २ लाख ३५ हजार चार सय कायम थियाे भने २२ गते २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन २४ गते भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।

२५ गते शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ २७ गते पुनः बढ्याे भने २८ गते पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। २९ गते २ लाख २४ हजार ९ सय र ३० गते पनि बढेर उच्च बिन्दुमा पुगेकाे थियाे । यस दिन २ लाख ५० हजार ९ सय कायम भयाे । असाेज ३१ गते २ लाख ५८ हजार पुगेकाे सुनकाे मूल्य कात्तिक २ गते भने घटेर २ लाख ५३ हजार २०० कायम भएकाे थियाे । कात्तिक ३ गते ३०० ले बढेर २ लाख ५३ हजार ५०० कायम भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार ०४:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP