• २०८३ असार ३१ | Wed, 15 Jul 2026

कोटाको मल लैजान काभ्रे र सिन्धुपाल्चोकका पालिकाहरुलाई कृषि सामग्री धुलिखेलको अनुरोध

कोटाको मल लैजान काभ्रे र सिन्धुपाल्चोकका पालिकाहरुलाई कृषि सामग्री धुलिखेलको अनुरोध

  • ज्ञानमणि नेपाल कालोटोपी

धुलिखेल । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय धुलिखेलले आफ्नो कोटाअनुसारको यूरिया मल १५ दिनभित्र खरिद गरि लैजान काभ्रे र सिन्धुपाल्चोकका पालिकाहरुलाई अनुरोध गरेको छ । कार्यालयका प्रमुख आलोककुमार शर्माले एक सूचना जारी गर्दै यूरिया मलको कोटा निर्धारण भइसकेकाले आफ्नो कोटाको मल लैजान अनुरोध गर्नुभएको हो ।

अनुदानको मल वितरण कार्याविधि २०८२ को (१२) मल परिचालनसम्बन्धी व्यवस्था बमोजिम १५ दिन (पुस २ गते) भित्र कृषि सामग्री कम्पनीबाट मल खरिद गरि लैजाने व्यवस्था गरिदिन सम्बन्धित पालिकालाई कम्पनीले अनुरोध गरेको हो । अन्यथा नियमअनुसार भइ जाने पनि कार्यालय प्रमुख शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

कृषि सामग्री कम्पनीले दिएको तथ्यांक अनुसार काभ्रेका १३ र सिन्धुपाल्चोकका १२ पालिमा मध्ये सबैभन्दा धेरै मल पाँचखाल नगरपालिकाका लागि छुट्याइएको छ । यस पालिकाका लागि डिएपी मल ११० मेट्रिक टन र यूरिया मल १२० मेट्रिक टन कोटा निर्धारण गरिएको छ । यस्तै मण्डनदेउपुरका लागि यूरिया ९० र डिएपी ८५ मेट्रिक टन, बनेपाका लागि यूरिया ९५ र डिएपी ८० मेट्रिक टन तथा धुलिखेल नगरपालिकाका लागि यूरिया ९० तथा डिएपी ८० मेट्रिक टन कोटा दिइएको छ ।

यसैगरि पनौतीमा यूरिया मल ९५ र डिएपी ८५ मेट्रिक टन, नमोबुद्धमा यूरिया ६५ र डिएपी ६० मेट्रिक टन, रोशीमा यूरिया ७५ र डिएपी ६५ मेट्रिक टन, चौंरीदेउरालीमा यूरिया मल ३० र डिएपी २५ मेट्रिक टन, भुम्लुमा यूरिया २५ र डिएपी २० मेट्रिक टन, बेथानचोकमा पनि यूरिया २५ तथा डिएपी २० मेट्रिक टन कोटा निर्धारण गरिएको छ ।

यता तेमालमा यूरिया ३५ र डिएपी ३० मेट्रिक टन, खानीखोलामा यूरिया २५ र डिएपी २० तथा महाभारतमा पनि यूरिया २५ तथा डिएपी २० मेट्रिक टन कोटा निर्धारण गरिएको छ ।

उता सिन्धुपाल्चोकका १२ पालिका मध्ये मेलम्चीमा सबैभन्दा धेरै कोटा तोकिएको छ । यस नगरपालिकामा यूरिया मल ६० र डिएपी ५० मेट्रिक टन, हेलम्बुमा यूरिया १० तथा डिएपी १० मेट्रिक टन, बाह्रबिसेमा यूरिया २० तथा डिएपी २० मेट्रिक टन, पाँचपोखरीमा यूरिया १० तथा डिएपी १० मेट्रिक टन, सुनकोशीमा यूरिया १० तथा डिएपी १० मेट्रिक टन कोटा निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

यस्तै चौतारामा यूरिया ४० र डिएपी ३५ मेट्रिक टन, बलेफीमा यूरिया १५ तथा डिएपी १५ मेट्रिक टन, जुगलमा यूरिया १० तथा डिएपी १० मेट्रिक टन, इन्द्रावतीमा यूरिया ३५ र डिएपी ३० मेट्रिक टन, त्रिपुरासुन्दरीमा यूरिया १० तथा डिएपी १०, लिशंखुपाखरमा यूरिया १५ र डिएपी १५ मेट्रिक टन तथा भोटेकोशीमा यूरिया १० र डिएपी १० मेट्रिक टन मलको कोटा निर्धारण गरिएको छ ।

यो प्रदेशले निर्धारण गरेको कोटा हो । यसमा कतिपय पालिकाले मल खरिद गर्न बाँकी रहेको र कतिपयले लगिसकेका छन् । धुलिखेलस्थित कृषि सामग्री कम्पनी लिमिटेडले काभ्रे र सिन्धुपाल्चोकका लागि मल वितरण गर्दै आइरहेको छ । रामेछाप र दोलखाका लागि पनि यसै कार्यालयले मल पठाउने भए पनि त्यहाँका लागि भने सिन्धुलीबाट वितरण हुने कार्यालय प्रमुख आलोककुमार शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले धुलिखेलको कृषि सामग्री कम्पनीमा १ हजार ४०० मेट्रिक टन यूरिया र ४७५ मेट्रिक टन डिएपी मलको स्टक बाँकी रहेको र यसले करिब बैशाख महिनासम्म पुग्नेछ ।

र याे पनि पढ्नुस्

गोदाम भरि मल छ तर किसानले पाउँदैनन् किन ?, यस्तो रहेछ कारण (भिडियो)



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर १९, शुक्रबार ११:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP