सिन्धुपाल्चोक । बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय इन्जिनियर बिनोद नेपालको स्मृतिमा सामाजिक कार्यलाई निरन्तरता दिँदै रिमा सेवा समाजद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई भोजन गराएको छ।
देशैभरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउन्डेसनले यस आर्थिक वर्ष २०८२/८३ मा रिमा सेवा समाजको वृद्धाश्रममा वृद्धवृद्धाहरूलाई भोजन गराउन २० हजार आर्थिक सहयोग प्रदान गरेको फाउन्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिनुभयो । साथै, वृद्धाश्रम भवन निर्माणका लागि ५५ हजार ५५५ सहयोग गरिएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङमा जन्मिएका तथा काठमाडौं बुढानिलकण्ठ–१२, कपन आदर्शनगर निवासी स्व. इन्जिनियर बिनोद नेपालकाे उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिकामा रहँदा सवारी दुर्घटनामा परी असामयिक निधन भएको थियो । समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेका उहाँको स्मृतिमा २०७७ सालमा फाउन्डेसन स्थापना गरिएको थियो ।
यस संस्थाले शिक्षा, आश्रयविहीन, असहाय, अपाङ्ग, सडक बालबालिका, पारिवारिक विछोडमा परेका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको हितमा विभिन्न सहयोग गर्दै आएको छ ।
फाउण्डेसनको यो सहयोगले पनि रिमा सेवा समाजका लागि वृद्धाश्रम सञ्चालन जस्तो पुण्य कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया