काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज प्रतिताेला ४ हजार २०० रुपैँयाँले मूल्य घटेकाे हाे ।
यो हप्ता आइतबार ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने साेमबार पनि ५ हजार ६०० रुपैँयाँले मूल्य बढ्याे । मंगलबार २ हजार ५०० रुपैँयाँले बढेकाे थियाे । बुधबार ११ हजार रुपैँयाँले मूल्य घट्याे । बिहीबार कारोबार भएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख १३ हजार ४०० कायम भएको छ।
गत हप्ता आइतबार ५ हजार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । साेमबार ३ हजार २०० रुपैँयाँले मूल्य बढेकाे थियाे भने मंगलबार १ हजार ३०० ले बढेकाे थियाे । बुधबार सुनको मूल्य स्थिर रह्याे । बिहीबार ६०० रुपैँयाँले मूल्य बढेकाे थियाे । शुक्रबार ५०० रुपैँयाँले मूल्य घटेकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि घटेको छ। ९५ रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य आज ५ हजार ४४५ रुपैंयाँ कायम भएको महासंघले जनाएकाे छ ।
माघ १५ गते बिहीबार सुन र चाँदी हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया