• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा जिरा खेतीकाे सफल परीक्षण

सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा जिरा खेतीकाे सफल परीक्षण

  • श्याम शर्मा एल.सि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा पहिलो पटक करिब १२०० मिटर उचाइमा जिरा खेतीको सफल परीक्षण गरिएको छ । परम्परागतरूपमा धान, मकै, आलु लगायतका बाली उत्पादन गर्दै आएका यहाँका किसानहरूले यस वर्ष परीक्षणका रूपमा मसला बाली अन्तर्गत पर्ने जिरा खेती सुरु गरेका हुन् ।

हेलम्बु गाउँपालिका–७ महाँकाल क्षेत्रमा किसानले मंसिर महिनामा करिब १ केजी जिराको बीउ छरेका थिए । समयअनुसार गरिएको हेरचाह र अनुकूल मौसमका कारण हाल चैत महिनामा जिराको बोट राम्रोसँग फुलेको छ भने बैशाख महिनाभित्र उत्पादन लिन सकिने अवस्थामा पुगेको छ।

यस क्षेत्रमा यसअघि जिरा खेती नभएको अवस्थामा गरिएको परीक्षण सफल देखिएपछि स्थानीय किसानहरूमा उत्साह थपिएको छ । कम उचाइमा पनि जिरा उत्पादन सम्भव देखिएपछि किसानहरूले यसलाई नयाँ सम्भावनाका रूपमा हेर्न थालेका छन् । थोरै परिमाणमा गरिएको परीक्षण खेतीले राम्रो नतिजा देखाएपछि आगामी दिनमा थप क्षेत्रफलमा खेती गर्ने तयारी किसानहरूले गरेका छन् ।

परीक्षणका क्रममा जिराको बोट स्वस्थरूपमा बढ्नुका साथै राम्रोसँग फूल लागेकाले यस क्षेत्रको हावापानी जिरा खेतीका लागि उपयुक्त हुन सक्ने संकेत देखिएको छ । यसअघि यस्तो खेती नभएको ठाउँमा गरिएको प्रयास सफल भएपछि किसानहरूमा थप आत्मविश्वास बढेको छ।

स्थानीय किसानहरूका अनुसार नयाँ बालीको रूपमा गरिएको परीक्षण सफल भएपछि खेतीप्रति रुचि बढेको छ । आगामी सिजनमा अन्य किसानहरूले पनि जिरा खेती गर्ने सोच बनाएका छन् । जिरा खेती सफल भएको खबर फैलिन थालेपछि आसपासका किसानहरू पनि खेती अवलोकन गर्न पुग्ने गरेका छन् ।

यस वर्ष गरिएको सफल परीक्षणले हेलम्बु क्षेत्रमा मसला बाली खेतीको सम्भावना रहेको देखाएको छ। जिरा खेती राम्रोसँग फुलेर उत्पादनको चरणमा पुगेपछि किसानहरू उत्साहित भएका छन् भने आगामी दिनमा यसलाई अझै व्यवस्थितरूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ४, बुधबार ०५:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP