• २०८३ भाद्र २५ | Thu, 10 Sep 2026

पढ्दै कमाउँदै कार्यक्रमबाट जनक माविमा ६ हजार के.जी. आलु उत्पादन

पढ्दै कमाउँदै कार्यक्रमबाट जनक माविमा ६ हजार के.जी. आलु उत्पादन

भकुण्डे । काभ्रेको नमोबुद्ध स्थित भकुण्डेमा रहेको जनक माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमबाट यस वर्ष करिब ६ हजार केजी आलु फलेको छ ।

विद्यार्थीहरूले आफ्नै मिहेनतले रोपेको आलु दिवा खाजाका रूपमा प्रयोग गर्न थालेका छन् । आफ्नै पसिनाले फलाएको आलु उसिनेर नुन खुर्सानीसँग खाँदा खाजाको स्वाद मात्रै होइन, परिश्रमको मिठास पनि थपिएको विद्यार्थीहरुले बताए ।

यस कार्यक्रमले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र सहकार्यको भावना विकास गरेको विद्यालयले जनाएको छ । खेतमा गरेको सानो प्रयास आज सबैका अनुहारमा खुसी बनेर फैलिएको देख्दा विद्यालय परिवार गर्व गर्दछ ।

दिवा खाजा र विद्यालयको छात्रवासका लागि आवश्यक केही मात्रामा आलु विद्यालयमै राखी बाँकी बिक्री गरिने विद्यालयले जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ३०, बुधबार १९:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP