• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

बागवानी विकास केन्द्र, पाँचखालको वार्षिक प्रगति ९२.३३ प्रतिशत, ६९ लाखभन्दा बढी राजस्व संकलन

बागवानी विकास केन्द्र, पाँचखालको वार्षिक प्रगति ९२.३३ प्रतिशत, ६९ लाखभन्दा बढी राजस्व संकलन

पाँचखाल, काभ्रे । बागवानी विकास केन्द्र, पाँचखालले आर्थिक वर्ष २०८२/८३ मा ९२.३३ प्रतिशत वार्षिक भारित प्रगति हासिल गरेको छ । केन्द्रका अनुसार सो अवधिमा वार्षिक खर्च ७९.८ प्रतिशत रहेको छ भने कुल ६९ लाख ३१ हजार २०३ रूपैंयाँ राजस्व संकलन भएको छ ।

केन्द्रले आर्थिक वर्षभर विभिन्न फलफूल, तरकारी तथा बीउबिजन उत्पादन तथा वितरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । केन्द्रले करिब २५ हजार फलफूलका बिरुवा उत्पादन गरेकोमा १९ हजार ७ सय बिरुवा बिक्री तथा वितरण गरिएको छ । उत्पादन गरिएका बिरुवामा आँप, लिची, मेकाडेमिया नट, मेवा, कागती र अम्बा रहेका छन् ।

त्यसैगरी केन्द्रले २६ हजार ७६५ केजी बीउ आलु, ५ लाख ७५ हजार तरकारीका बेर्ना, ५ हजार ८ सय केजी धानको बीउ तथा ४ हजार ८ सय केजी बेसारको बीउ उत्पादन गरी बिक्री तथा वितरण गरेको जनाएको छ । यस अवधिमा बर्णशंकर काक्रो ‘मधु–१’ को ३.७ केजी बीउ उत्पादन, बेसार बालीका १०० वटा एक्सेसन (Accessions) रोपण तथा कफीका १० जातको माउ ब्लक स्थापनासमेत गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच केन्द्रले हाल काउली र गोलभेडाका बेर्ना बिक्री तथा वितरण भइरहेको जानकारी दिएको छ । केन्द्रका अनुसार काउलीतर्फ ‘ह्वाइट टप (White Top)’ र ‘सुपर ह्वाइट टप (Super White Top)’ तथा गोलभेडातर्फ ‘डालिला’ र ‘सृजना’ जातका बेर्ना उपलब्ध रहेका छन् । केन्द्रले किसान तथा सरोकारवालालाई आवश्यकताअनुसार गुणस्तरीय बेर्ना तथा बिरुवा केन्द्रबाट प्राप्त गर्न अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ६, बुधबार १६:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP