काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दुवै नेतामाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।
शनिबार (चैत १४) पक्राउ परेका ओली र लेखकलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको आदेशसँगै अब उनीहरूमाथि थप अनुसन्धान अघि बढाइनेछ । यता दुवै नेताकाे पक्राउकाे विराेधमा उनीहरुका समर्थकहरुले भने देशभरिबाट आन्दाेलन र प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया