काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।
जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली भइरहेको छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरू, बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरू तथा तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरू, बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया