भुम्लु । काभ्रेकाे भुम्लु गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा तथा योजना छनौट प्रक्रियाका बारेमा वागमती प्रदेशका सांसदहरू र पालिकाबीच बुधबार बैठक सम्पन्न भएकाे छ ।
साे क्रममा वागमती प्रदेशका सांसदहरू रुकु चौलागाईं, लक्ष्मण लम्साल, तीर्थ लामा तथा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेसहित सरोकारवालाहरू उपस्थित हुनुहुन्थ्याे ।
जसमा भौतिक पूर्वाधार, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा सामाजिक विकास लगायतका क्षेत्रका योजनाहरू छनौट गर्ने विषयमा छलफल भएकाे पालिका अध्यक्ष प्रेम भुजेलले जानकारी दिनुभयाे ।
उक्त बैठकमा भुम्लु गाउँपालिकाका तर्फबाट स्थानीय आवश्यकता, विकास प्राथमिकता तथा दीर्घकालीन जनहितलाई केन्द्रमा राखी विभिन्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गरिएको उहाँले बताउनुभयाे ।
भुम्लु गाउँपालिकाको समग्र विकास, सेवा पहुँच विस्तार तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले प्रस्तुत योजनाहरूलाई आगामी बजेटमा समावेश गरिने उहाँकाे अपेक्षा छ।

प्रतिक्रिया